• Monday 19th of October 2026

महानगर प्रहरी प्रमुख राजु पाण्डेको रिट खारेज, पुनः निलम्बनको खतरा


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै रिट खारेज गर्ने निर्णय सुनाएको हो।

पाण्डे जेठ २० गते निलम्बनमा परेका थिए। उनले मेयर बालेन शाहको आदेशमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाउन बल प्रयोग गरेका थिए, जसपछि विवाद चर्किएको थियो।

रिट खारेजीसँगै पाण्डे पुनः निलम्बनमा परिने निश्चितजस्तै देखिएको छ। उनको निलम्बन अवधि मंसीर २० गतेसम्म रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖