• Monday 19th of October 2026

प्रधानमन्त्री कार्की र एमाले नेता बर्तौलाबिच भनाभन


  • धनकुटा खबर
  • .

काठमाडौ । बालुवाटारमा बुधबार बसेको सरकार, राजनीतिक दल र जेनजीबीचको त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्की र एमाले नेता महेश बर्तौलाबीच तीव्र भनाभन भएको छ।

संवादमा सहभागी एक स्रोतका अनुसार, छलफलको क्रममा एमाले नेता बर्तौलाले सरकारको वैधानिकता नै प्रश्न उठाउँदै भने, “यो सरकारको जग असंवैधानिक छ।

असंवैधानिक तरिकाले बनेको सरकारले अराजनीतिक ढंगले संसद् भंग गरेको हो। बिना सर्त संसद् पुनर्स्थापना हुनुपर्छ। यो एमालेको बटमलाइन हो। तपाईं प्रधानमन्त्री सर्वोच्चमा हुँदा संसद् विघटनसम्बन्धी मुद्दा हेर्नुभएको थियो।”

बर्तौलाको भनाइ सुनेपछि प्रधानमन्त्री कार्कीले तत्काल प्रतिवाद गर्दै भनिन्, “यस्तो नचाहिँदो कुरा नगर्नुस्। मैले संसद् विघटनको मुद्दा हेरेकी छैन। नभएको कुरा गरेर भ्रम सिर्जना नगर्नुस्।”

त्यसपछि बर्तौलाले पुनः प्रश्न गर्दै भने, “मुद्दा नहेरे पनि संसद् पुनर्स्थापना हुनुपर्छ भनेर सार्वजनिक रूपमा बोल्नुभएको त छ नि?” जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, “मैले त्यसरी बोलेकी छैन। दुई–चार जना फतुरे पत्रकारले के–के लेखे, मलाई थाहा छैन।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖