काठमाडौं । श्रम मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारविरुद्ध विभिन्न विवाद सार्वजनिक भएपछि उनी सपथ ग्रहणबाट रोकिएका थिए । सोही क्रममा विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सुनार बिहीबार काभ्रेपलाञ्चोक जिल्ला अदालतमा हाजिर भएका छन् ।
जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा भएको थुनछेक बहसपछि अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधसम्बन्धी जाहेरी दिएकी थिइन् । अदालतको आदेशपछि उनी धरौटी बुझाई रिहा भएका छन् ।
