• Monday 19th of October 2026

रुसी सेनामा नेपालीः ३०० बेपत्ता, १५६ को काजकिरिया !


  • धनकुटा खबर
  • .

रुसी सेनामा अवैध ढंगबाट पुगेका तीन सय भन्दा बढी नेपाली वेपत्ता भएका छन्। अभियन्ता कृतु भण्डारीका अनुसार रुसी सेनामा पुगेका तीन सयभन्दा बढी नेपाली युवा परिवारको सम्पर्कमा छैनन्।

‘मैले मानवीय सहायताका हिसावले तथ्यांक संकलन गर्दा हालसम्म तीन सय भन्दा बढी परिवारको सम्पर्कमा छैनन्,’ भण्डारीले नागरिकसँग भनिन्,‘१५६ जनाका परिवारले आफ्ना आफन्तको मृत्यु भएको स्वीकार गर्दै काजकिरिया गरिसकेका छन्।’

परिवारले मृत्यु भएको स्वीकार कसरी गर्छन्? भन्ने प्रश्नमा उनले भनिन्,‘अहिले रुसी सेनाले नै परिवारका सदस्यलाई मृत्यु पुष्टि हुने कागजात पठाइदिने गरेका छन्। कतिपयको तस्बिर पनि आउँछन्,’ भण्डारीले भनिन्।

नेपाल सरकारको कन्सुलर सेवा विभागले भने हालसम्म १०१ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ। यस्तै १२५ जना बेपत्ता भनेको छ।

यस्तै युक्रेनको कब्जामा ११ देखि १९ जनासम्म रहेको बुझिएको छ। नेपाल सरकारसँगको तथ्यांकमा पाँच जना मात्रै छन्।

हालसम्म रुसी सेनामा गएर २२१ जना नेपाल फर्किएका छन्। फर्किएकामध्ये १६ जना फेरि गएको पाइएको भण्डारीले बताइन्।

यस्तै हालसम्म २१ जना मृतकका परिवारले मात्रै क्षतिपूर्तिको केही किस्ता पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖