• Sunday 18th of October 2026

माओवादीकै तत्कालीन राज्यमन्त्रीको दावी : सुदन किरातीले पशुपतिमा शवदाह मेसिन ल्याउँदा घुस खायो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम पूर्वपर्यटनमन्त्री सुदन किरातीमाथी पार्टीकै नेताहरुले घुस खाएको आरोप लगाएका छन् । माओवादीले नेकपा (एकीकृत समाजावादी) सँग एकताका लागि पहल गरिरहेका बेला जनार्दन शर्मा निकट रहेको नेता किरातीमाथि संस्थापन पक्षका नेताहरुले सामाजिक सञ्जालबाट हमला गरेका हुन् ।

किराती मन्त्री हुँदा नै पर्यटन राज्यमन्त्री रहेकी माओवादी नेतृ सुशिला सेर्पाली र पार्टी निकट अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष केशव रावलले गम्भीर आरोप लगाएका छन् । माओवादी केन्द्रीय सदस्य सेर्पालीले फेसबुकमा रावलले लेखेको टिप्पणीलाई सेयर गर्दै किरातीले पशुपतिमा शवदाह मेसिन जडान गर्दा घुस खाएको दावी गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘पर्यटनमन्त्री हुँदा पशुपतिमा शवदाहा जडान मेसिनबाट कति घुस खाएको त्यो जानकारी पनि यति इमानदारले पार्टीमा भन्नु पर्ने होइन ? १०० चुहा खाएर बिल्ली हजको चली भनेको यस्तै, यस्ताले गर्दा होला ।’

अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष केशव रावलले फेसबुकमार्फत् भोजपुर क्षेत्रमा ब्रह्माण्डीय मतान्तर र चुनावी इतिहास तानेर किरातीमाथि प्रश्न उठाएका थिए ।

रावलले भोजपुरमा समानुपातिक मतको वितरण र किरातीका जित–हारका मतपरिणामको तथ्यांक पेश गर्दै लेखेका छन्, ‘कसले गरायो, ४–४ पटक सिण्डिकेट लाएर टिकट लिने तपाईं, पार्टीको हरेक अवसरमा डुबुल्की मार्दै सत्ताको भत्तामा मैमत्ता गरेको हिसाब पार्टी कार्यकर्ताले खोज्नु पर्छ कि पर्दैन ?’

रावलले थप लेखेका छन्, ‘तपाईं माओवादी रुपान्तरण हुँदैन भन्दै थप अवसरको खोजीमा निस्कन नखोज्नुहोस्, तपाईंलाई ४–४ पटक सांसद बनाउन ज्यान फाल्ने सुन्दर समाजको सपना बोकेका भोजपुरे माओवादी कार्यकर्ताको हली बस्नुहोस्, माओवादी रुपान्तरण उनीहरुले गर्छन् । खबरदार भाग्ने, लुक्ने कोशिश नगर्नुहोला ।’-नेपाल प्रेसबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖