• Monday 19th of October 2026

जेन–जी आन्दोलनका क्रममा स्वयम्भू प्रहरी वृत्तबाट लुटिएको पेस्तोल कालो बजारमा खरिद–बिक्री भएको खुलासा


  • धनकुटा खबर
  • .

जेन–जी आन्दोलनका क्रममा स्वयम्भू प्रहरी वृत्तबाट लुटिएको पेस्तोल कालो बजारमा खरिद–बिक्री भएको खुलासा भएको छ।

प्रहरीले यस मामिलामा पाँच जनालाई पक्राउ गरेको छ।

धादिङका कृष्ण गुरुङ र काठमाडौंका राजन देउलाले पेस्तोल ६० हजारमा सुमन शाक्यलाई बेचेका थिए। त्यसपछि शाक्यले भारतीय नागरिक अकबर खानको सहयोगमा सो पेस्तोल बानेश्वरका प्रभात मल्ललाई एक लाखमा बिक्री गरेको बताइन्छ।

प्रहरीले मल्लको साथबाट १५ राउन्ड गोलीसहित पेस्तोल बरामद गरेको छ। जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको थप अनुसन्धान जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖