काठमाडौं । पार्टी छाडेकालाई फर्कन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई भीम रावलले शब्दजाल र भ्रमको संज्ञा दिएका छन् ।
शुक्रबार साँझ ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई एकजुट हुन अपिल गरेका थिए ।
ओलीकै कारबाहीमा परेर पार्टीबाट निष्कासित भएका रावलले ओलीले अझै आत्मालोचना नगरेको जिकिर गरे ।
‘ओलीले विगतमा भन्दै आएका शब्दजाल र भ्रमका पोकामात्रै तारतम्य मिलाएको देखेँ,’ अनलाइनखबरसँग उनले भने ।
