• Sunday 18th of October 2026

एकीकृत समाजवादीसँग हतारमा एकता ऐतिहासिक गल्ती हुने जनार्दन शर्माको चेतावनी


  • धनकुटा खबर
  • .

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले वैचारिक स्पष्टता र तयारीबिना एकीकृत समाजवादीसँग हुने पार्टी एकता ऐतिहासिक गल्ती सावित हुने चेतावनी दिएका छन्।

शर्माले पार्टी सचिवालय बैठकमा आफ्नो लिखित धारणा प्रस्तुत गर्दै भने, “बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ।”

उनका अनुसार यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ त पुरा गर्न सक्छ, तर दीर्घकालीन रूपमा वाम आन्दोलनका लागि हानिकारक हुनेछ।

शर्माले माओवादी नेताहरू सत्ताको लोभ, पद र सुविधा मोहमा फसेको आरोप समेत लगाएका छन्। उनका अनुसार पार्टीले जनआकाङ्क्षा र संविधानको मर्मअनुसार काम गर्न नसक्दा जनाधार गुमाउँदै गएको छ।

उनले भ्रष्टाचार, कमिसनतन्त्र र जनजीविकाप्रतिको बेवास्ताका कारण भदौ २३ गते युवाहरूको विद्रोह विस्फोट भएको पनि दाबी गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖