उर्जामन्त्री कुलमान घिसिङले केही दिनमै राजीनामा दिने भएका छन् ।
नयाँ पार्टी बनाउने योजनामा रहेका कुलमानले डेडिकेटेड र टंक लाइनको वक्तौता महसुल उठाएर राजीनामा दिन लागेका हुन् ।
यसको प्रधानमन्त्री सुशीला कार्कीले समेत संकेत गरेकी छन् ।
शुक्रबार सम्पादकहरुसँग छलफलमा कार्कीले कुलमानबाहेक अरु निर्वाचनमा सहभागी नहुने बताएकी थिइन् ।
वक्तौता उठेपछि जनतामा विश्वास बढ्ने अपेक्षासहित कुलमान निर्वाचनमा होमिने तयारीमा छन् ।
