• Sunday 18th of October 2026

गजेडी मेयर र उसलाई समर्थन गर्नेहरु देशद्रोही हुन् :सुर्य थापा


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का नेता सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन शाहमाथि कडा आक्रोश व्यक्त गरेका छन्।

उनले बालेनको पछिल्लो फेसबुक पोस्टलाई उद्धृत गर्दै ‘गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएका छन्।

थापाका अनुसार बालेनले शनिबार राति भारत, चीन, अमेरिका र नेपाली राजनीतिक दलहरूबारे अश्लील र आपत्तिजनक शब्द प्रयोग गर्दै स्टाटस लेखेका थिए, जुन पछि उनले हटाएका छन्।

थापाले आरोप लगाएका छन् कि बालेन सिंहदरबार जलाउने उक्साहट दिने र नशामा देश बनाउने नाटक गर्ने ‘लुसिफर’ (शैतान) जस्तै व्यवहार गरिरहेका छन्।

थापाले थपे, बालेनलाई मेयर बनाउनेहरू, उसलाई समर्थन गर्नेहरू र कारबाही नगर्नेहरू सबै अपराधी र देशद्रोही हुन्। उनले काठमाडौंलाई ‘बालेन शहर’ भन्नेलाई समेत लाज मान्नुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖