• Sunday 18th of October 2026

गाँजाको नशामा लठ्ठिएर हिड्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै देशद्रोही हुन् : सूर्य थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक १६ । नेकपा (एमाले)का नेता सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति आक्रोश व्यक्त गरेका छन्। उनले बालेनको पोस्टको स्क्रिनसट राख्दै आक्रोश व्यक्त गरेका हुन्। थापाले गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै अपराधी र देशद्रोही भएको बताएका छन्।

बालेनले शनिबार राति अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेर स्टाटस लेखेका थिए। उनले ११ बजेर ५६ मिनेटमा यो स्टाटस लेखेका थिए। उनले उक्त स्टाटस सञ्जालबाट हटाइसके पनि समाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

थापाले लेखेका छन,

गाँजा तानेर लुसिफर (दलालरशैतान) बेहोसीमा पागल भएर लेखेको( आफैले हटाएर खुब आनन्द मानेको छ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नाश भएर रातीराती देश बनाउने स्वाँङ पो गर्छ।

बाबुले सिंहदरबार बैद्यखाना बनाएर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन लगाएर र दमकल तीनदिनसम्म नपठाएर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ।

अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँरगएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ१ म शुरूदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले यो मुसिफर र दलाल भएको हो गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖