• Sunday 18th of October 2026

शिक्षामन्त्री पुन सिंहदरबार सरे, केशरमहलबाट सारियो सामान


  • धनकुटा खबर
  • .

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सिंहदरबारस्थित मन्त्रालयमा सरेका छन् ।

मन्त्रालयका अनुसार मन्त्री पुन आइतबारदेखि सिंहदरबारमा सरेका हुन् ।

केशरमहलबाट मन्त्री पुनको सामान सारिएको छ ।

गत ६ असोजमा मन्त्री भएपछि पुन ७ असोजदेखि केशरमहलमै बसेका थिए । जेन–जी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि अस्थायीरूपमा मन्त्रालय केशरमहलमा सारिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖