• Sunday 18th of October 2026

झलनाथ-घनश्याम समूह पनि फुट्यो : रामकुमारीसहितका नेता एमाले फर्किने तयारीमा


  • धनकुटा खबर
  • .

काठमाडौं । माओवादी केन्द्रसित पार्टी एकताको विपक्षमा रहेका नेकपा एसका नेताहरू पनि विभाजित भएका छन् ।

पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका झलनाथ खनाल-घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरिरहेका छन् ।

तर, रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्रसहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राईहरु एमाले फर्किने पक्षका नेता-कार्यकर्तालाई एकीकृत गरिरहेका छन् ।

नेपाल प्रेसले सम्पर्क गर्दा पूर्वसांसद किसान श्रेष्ठले एमालेसँग वार्ता र सहमति पक्षधर एक ठाउँमा रहेको पुष्टि गरे । ‘कसैले हाम्रो टाउको नगने हुन्थ्यो । हामी कसैका पछि लागेका छैनौं, अब एमालेमा फर्किने हो’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖