काठमाडौँ । नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबिच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीकाे बैठकमा १८ बुँदे सहमति भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता भएको नेताहरुले बताएका छन् ।
यही आवश्यकतालाई ध्यानमा राखेर नेकपा माओवादी केन्द्र, ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा(माओवादी समाजवादी) र नेकपा (साम्यवादी। का बिचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडी बढाउनका लागि १८ बुँदामा सहमति गरिएको हो ।
आगामी १९ गते यी पार्टीहरूबिच एकता घाेषणा गरिनेछ ।
