• Sunday 18th of October 2026

उद्योगको लाइन जोड्न मधेसका मुख्यमन्त्री सोनारले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


  • धनकुटा खबर
  • .

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबिचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनारले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योगहरुको विद्युत् लाइन काटिँदा हजारौँ युवाहरू बेरोजगार हुने स्थिति भएको भन्दै समस्याको तत्काल समाधान गर्न आग्रह गरिएको बताए ।

उनले भने, ‘सङ्घीय सरकारले प्रदेश सरकारलाई दिने अनुदानको सम्बन्धमा हाम्रो गहिरो सरोकार रह्यो । अर्थमन्त्रीज्यूले प्रदेशलाई दिने भनिएको कुनै पनि अनुदान सरकारले कटौती नगरेको स्पष्टीकरण दिनुभयो । प्रदेश सरकारहरू प्रभावकारी तरिकाले काम गरुन् भन्ने आफ्नो चाहाना रहेको उहाँले भन्नुभयो ।

यो डेडिकेटेड लाइनको नाममा विभिन्न उद्योगहरूको लाइन काटेर जुन बन्द गरिएको छ त्यस विषयमा पनि हाम्रो गहिरो चासो रह्यो । उद्योगको विद्युत् लाइन काटिँदा हजारौँ युवाहरू बेरोजगार हुने स्थिति छ । त्यसैले अविलम्ब त्यो समस्या समाधान गरियोस् भन्ने हामीले कुरा राख्यौँ ।’

उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई दिने गरिएको अनुदान नकाटिएको जवाफ अर्थमन्त्रीबाट पाएको समेत बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖