• Sunday 18th of October 2026

रकम नतिर्ने सिमेन्ट उद्योगहरूले फेरि गरे मूल्य वृद्धि


  • धनकुटा खबर
  • .

बिजुलीको बिल तिर्न पटक–पटक तोक्दा पनि रकम नतिर्ने सिमेन्ट उद्योगहरूले फेरि मूल्य वृद्धि गरेका छन्।

निर्माण सिजन सुरु हुनासाथ देशभरका प्रमुख सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्य प्रतिवोरा २० रुपैयाँसम्म बढाएका छन्। उद्योगीहरूले शनिबारदेखि नै नयाँ मूल्य लागू गरेको जनाएका छन्।

मूल्य बढाउने उद्योगहरूमा हसिन, शिवम्, युनाइटेड, मकवानपुर, सर्वोत्कृष्ट, गोर्खा, सिजी, अम्बे, होर्सी, सिद्धिसिद्धि, जगदम्बा र तानसेन सिमेन्टलगायत रहेका छन्।

यी उद्योगहरूले ओपीसी र पीपीसी दुवै प्रकारका सिमेन्टमा मूल्यवृद्धि गरेका हुन्। सिजनमै सिमेन्ट महँगो भएपछि उपभोक्ता र निर्माण व्यवसायीहरूले असन्तोष प्रकट गरेका छन्।

उद्योगीहरूले भने उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी र ऊर्जा खर्च बढेकाले मूल्य समायोजन गर्नुपरेको बताएका छन्।

तर उपभोक्ता र निर्माण व्यवसायीहरूले अहिले मूल्यवृद्धिको समय नभएको भन्दै विरोध जनाएका छन्। निर्माण कार्यको सिजनमै सिमेन्ट महँगो हुँदा भवन, सडक र निजी आवास निर्माणको लागत बढ्ने निश्चित देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖