• Sunday 18th of October 2026

शिक्षा मन्त्री महावीर पुनको व्यङ्ग्य — ‘दलको सङ्ख्या अझै कम छ, दुई सय पुर्याऔँ’


  • धनकुटा खबर
  • .

काठमाडौं: नेपालमा राजनीतिक दलहरूको संख्या लगातार बढ्दै जाँदा शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म देशमा १२५ राजनीतिक दल दर्ता भइसकेका छन्।

यो तथ्यलाई लिएर मन्त्री पुनले फेसबुकमा लेखेका छन्, “अब त २०० भन्दा बढी दल पुराऔँ, जुटेर देश समृद्ध हुन्छ कि फुटेर? जति धेरै दलहरू बने, गणतन्त्र त्यति नै सफल र सुदृढ हुन्छ।”

उनले थपे, “जति धेरै दल भयो, बसी–बसी गफ गर्न पाइन्छ, सुती–सुती खान पाइन्छ।”

पछिल्ला वर्षहरूमा असन्तुष्ट नेताहरूले निरन्तर नयाँ दल दर्ता गरिरहेका छन्, जसले राजनीतिक स्थायित्व र जनताको विश्वासमा असर परेको देखिन्छ। पुनको उक्त टिप्पणीलाई नागरिकहरूले पनि सामाजिक सञ्जालमा समर्थनसहित व्यङ्ग्यात्मक रूपमा सेयर गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖