• Sunday 18th of October 2026

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक । दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पनि बेपत्ता छन् ।

१५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका फुर्वा तेन्जिङ शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महत्तोले जानकारी दिए ।

फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् ।

ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणका लागि तीन विदेशी आरोही र ५ जना नेपाली टुरिष्ट गाइडसहित ८ जना र स्थानीय गाइड समेत १४ जना यलुङ री बेस क्याम्प पुगेको थियो ।

हिमाल आरोहणको अनुमति लिने तर स्थानीय प्रशासनमा समेत त्यसको विवरण नहुने भएकाले आरोहीहरुको पहिचान र विस्तृत विवरण खुल्न कठिन भएको हो ।

घटनास्थलतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । लामा बगरको गोंगरबाट खटिएको करिब ५० जनाको सुरक्षा टोली ना गाउँ गइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।-कपिल कोइराला/अनलाइनखबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖