• Sunday 18th of October 2026

गगन थापा उपस्थित नभएपछि सुरु भएन कांग्रेस केन्द्रीय समिति बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

महामन्त्री गगन थापा बैठकस्थल सानेपामा उपस्थित नभएकाले बैठक सुरु हुन नसकेको एक नेताले जानकारी दिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने बैठकस्थलमा पुगिसकेका छन् ।

कांग्रेसमा महाधिवेशनको मिति कहिले भन्नेमा विवाद छ । महामन्त्री थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार पारे पनि केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्न पाएका छैनन् ।

संस्थापन पक्षले भने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖