• Sunday 18th of October 2026

रास्वपाका घरबेटीले त्यागे पार्टी सदस्य


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को च:मतिस्थित केन्द्रीय कार्यालयका घरबेटी भरतमणि देवकोटाले रास्वपा पार्टी सदस्य त्याग गरेका छन्।

देवकोटाले आफू रास्वपा सदस्य नरहेको सेतोपाटीलाई जानकारी दिए।
‘म अहिले पार्टी सदस्य मात्रै थिएँ, मैले आफ्नो सदस्यता पनि त्यागेको छु,’ उनले भने।

पार्टी सदस्य किन त्याग गर्ने अवस्था आयो भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘पार्टीमा रहिरहन चाहिनँ। थप मिडियावाजी नगरौं।’

देवकोटा केही समयअघि रास्वपा अनुशासन आयोगका प्रमुख थिए। केही समय अघिदेखि देवकोटा र पार्टीबीच सम्बन्ध बिग्रेको थियो।

पार्टी केन्द्रीय कार्यालय रहेको घर खाली गरिदिन देवकोटाले ताकेता गरेका थिए। पछिल्लो समय निर्वाचनसम्म बस्न दिने गरी समझदारी बनेको थियो। यसबीचमा देवकोटाले पार्टी सदस्य नै त्याग गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖