• Sunday 18th of October 2026

गगन थापालाई सिटौलाको चेतावनी


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापाको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै सिटौलाले थापामाथि सामाजिक सञ्जालमा आधारित राजनीतिबाट पार्टी कब्जा गर्न खोजेको आरोप लगाए।

सिटौलाले गगनलाई सोधे, “तपाईंले फेसबुकबाट पार्टी कब्जा गर्न खोज्नुभएको हो? फेसबुकमै सभापति छान्ने हो? तपाईंलाई आफू महामन्त्री हो भन्ने थाहा छ कि छैन?” उनले थापामाथि फेसबुकमार्फत नेताहरूलाई गाली गर्ने गतिविधि रोक्न सचिवालयले कदम चाल्ने वा नचल्ने भन्ने प्रश्न पनि उठाए।

सिटौलाले थापालाई चरित्र सुधार्न आग्रह गर्दै भने, “जे कुरा भए पनि पार्टीभित्र राख्नुपर्छ, बाहिर गएर फेसबुकमा लेख्ने प्रवृत्ति रोक्नुपर्छ।” कांग्रेसभित्र पछिल्ला दिनमा बढ्दो सामाजिक सञ्जाल–केन्द्रित राजनीतिप्रति असन्तुष्टि जनाउँदै सिटौलाको टिप्पणीलाई पार्टी नेतृत्वभित्रको पुस्तागत मतभेदको प्रतीकका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖