• Sunday 18th of October 2026

नेकपा एस तीन टुक्रा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादी तीन टुक्रा भएको छ ।

माधव नेपालसहितको संस्थापन पक्ष माओवादी केन्द्रसहितका दलहरूसँग एकीकरण गर्न तयार भइसकेका छन् भने घनश्याम भुसाललगायतका नेताहरू पार्टी पुनर्गठन गर्ने पक्षमा छन् । रामकुमारी झाँक्रीसहितका नेता एमाले फर्किने तयारी गर्दा झलनाथ खनाल माझदारमा छन् ।

भोली बिहान एमालेमा फर्किने पक्षले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईसहित सय भन्दा बढी नेता कार्यकर्ताले एमाले फर्किएको घोषणा गर्ने पूर्व सांसद किसान श्रेष्ठले बताए । बबरमहलस्थित होटल बसेरामा उक्त पत्रकार सम्मेलन हुँदै छ ।

भोली दिउँसो घनश्याम भुसाल पक्षले पुनर्गठनको लागि पत्रकार सम्मेलनको तयारी गरिरहेको छ ।

माओवादीसहितका दलहरूसँग एकता गर्ने, एमालेमा फर्किने र पुनर्गठन गर्ने तीनै समूह अहिले सक्रिय भएका छन् ।

देशैभरी कार्यकर्ताहरुलाई एकीकृत गर्न भोली एमाले फर्किने पक्षले पत्रकार सम्मेलनको तयारी गरेको हो ।

एमाले फर्किदा प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिहरुलाई आउन सक्ने कानुनी झन्झटका विषयमा पनि त्यो पक्षले कानुनी परामर्श गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖