राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य ज्वाला संग्रौलाले झापा निर्वाचन क्षेत्र-५ चुनावमा रास्वपाको उम्मेदवारलाई हराउनका लागि केपी शर्मा ओलीलाई चुनौती दिएकी छन् ।
हिजो एक अन्तर्वार्तामा ओलीले आफू फेरि झापा-५ बाट निर्वाचन लड्ने र हराउन चुनौती दिएका थिए ।
त्यसको काउन्टर जवाफमा ज्वालाले झापा-५ मा आफूलाई हराउन ओलीलाई चुनौती दिएकी हुन् ।
छिर्के नलगाई, गुण्डा नबोलाई, मतपत्र चिथोरेर नभई नैतिक र राजनैतिक चरित्र बोकेर जनताको माझमा मैदानमा उत्रिए आफू चुनाव लड्न तयार भएको ज्वालाले बताएकी छन् ।
