• Sunday 18th of October 2026

थापालाई सिटौलाको चेतावनीः चरित्र सुधार नगरे प्रतिवाद गर्नुपर्ने अवस्था आउँछ


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चरित्रमा तत्काल सुधार ल्याउन महामन्त्री गगन थापालाई चेतावनी दिएका छन्।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटि बैठकमा धारणा राख्दै नेता सिटौलाले फेसबुकमा नेतालाई गाली गर्ने सचिवालय तत्काल बन्द गर्न सुझाव दिए। यसप्रकारका क्रियाकलाप तत्काल बन्द गर्न उनको चेतावनी थियो।

पूर्वमहामन्त्री सिटौलाले फेसबुकबाट पार्टी सभापति छान्ने विधान नभएको स्मरण गराउँदै फेसबुकमा लेखेर पार्टी कब्जा गर्न खोजेको हो भन्ने प्रश्न गरेका थिए।

सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्ने भन्दा बैठकमा खुलेर बोल्न थापालाई सिटौलाको सुझाव थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖