• Sunday 18th of October 2026

७० वर्षको उमेरमा शिक्षामन्त्री महावीर पुनले बनाए भोटर कार्ड


  • धनकुटा खबर
  • .

७० वर्षको उमेरमा शिक्षामन्त्री महावीर पुनले भोटर कार्ड बनाएका छन्।

यो पनि…

उर्लाबारीको होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगीस्थित होटल सिमसारको कोठा नम्बर २०६ मा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार कात्तिक १८ गते साँझ करिब ८ः४० बजे कोठामा बसेकी अन्दाजी २० २२ बर्षिया युवतीलाई उनका साथीहरू बजार घुमेर फर्कँदा अचेत अवस्थामा देखेपछि घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीमा जानकारी गराइएको थियो।

सूचना पाए लगत्तै प्रहरी नायब निरीक्षक चूडामणि पौडेलको टोली घटनास्थल पुगेको र स्थानीय जनप्रतिनिधिको रोहवरमा ती महिलालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे पठाइएको थियो। सुरुमा ती महिलाको नाम डोल्मा तामाङ भनेर विवरणमा उल्लेख भए पनि पछि आफन्तले वास्तविक नाम सुस्मिता दर्जी भएको पुष्टि गरेका छन्।

अस्पतालका अनुसार उपचारको क्रममा राति करिब १०ः३० बजे सुस्मिताको मृत्यु भएको हो। उनको शव हाल सोही अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖