• Sunday 18th of October 2026

कांग्रेसका कूल ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्रै नवीकरण गरे


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका करिब ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन् ।

केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको हाे।जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत प्राप्त विवरण अनुसार १९ जिल्लाका १ लाख ६३ हजार ८ सय ८ क्रियाशील सदस्यमध्ये १ लाख १८ हजार ७ सय ९४ जनाको सदस्यता नवीकरण भएको छ।

इमेलमार्फत विवरण पठाएका जिल्लामा ४५ हजारले नवीकरणमा रुचि नदेखाएकाे कांग्रेसले जनाएकाे हाे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖