• Sunday 18th of October 2026

बामदेवको दाबी- पार्टी सदस्यको संख्या १ करोड पुग्छ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले नयाँ बनेको कम्युनिस्ट पार्टीको सदस्य संख्या १ करोड पुग्ने दाबी गरेका छन् ।

बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अहिले आफूहरूसँग १०/१२ लाख सदस्य भएको उल्लेख गर्दै जनतासमक्ष पुग्दा अब त्यो संख्या १ करोडसम्म पुग्ने जिकिर गरे ।

‘अहिले हामीसँग १० १२ लाख पार्टी सदस्य छन् । अब हामी जनताकाबीचमा गयौं भने ६ महिनामा २० लाख पुग्नेछ,’ गौतमले भने, ‘एक वर्षमा ५० लाख पुग्नेछ र पार्टी सदस्यको संख्या १ करोड पुग्नेछ । पार्टी सदस्य र जनताको समर्थनको पीर नगर्नुस् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖