सुदन गुरुङ ले गृहमन्त्रीप्रति आक्रोश व्यक्त गर्दै फेसबुकमार्फत कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, “देशभर ‘हत्यारालाई कारवाही गर’ र ‘भ्रष्टाचारलाई कारवाही गर’ भनेर आवाज उठ्दैछ, तर सुन्ने गृह मन्त्रालय मौन छ, यो राष्ट्रप्रति अपमान हो।”
गुरुङले गृहमन्त्रीलाई उद्दृत गर्दै भनेका छन्, “तपाईं जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन, अब दुई महिना भित्र कुनै हत्यारा र भ्रष्टाचारिलाई कारवाही गर्न सकेनौ भने जनताले सहने छैनन्।”
उनले पोस्टमा लेखेका छन्, “अब भोलि म मनबाट बोल्छु होला — ‘चुनाव गराएर निलाउँछौं’। युवाहरू मूर्ख छैनन्, हामी पर्खिरहेका छौं।”
गुरुङले गृहमन्त्रीलाई “आप्नो जिम्मेवारी निर्वाह गर्न” र “देशको हितमा निर्णायक कदम चाल्न” आग्रह गरेका छन्। उनले चेतावनी दिँदै लेखेका छन्, “DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.”
उनले पोस्टमा प्रधानमन्त्रीलाई पनि संकेत गर्दै भनेका छन्, “यदि गृह मन्त्रालयले काम नगर्ने हो भने प्रधानमन्त्रीले पनि त्यसको जिम्मेवारी लिनुपर्छ।”
गुरुङले अन्त्यमा लेखेका छन्, “जनता जागिसकेका छन्, युवा जागिसकेका छन्।”
