• Sunday 18th of October 2026

एमालेका पूर्वकेन्द्रीय सदस्य शाही नेकपामा समाहित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

बिहीबार नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई पार्टीमा स्वागत गरेका हुन् ।

त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबंश झा पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन तयार भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖