• Sunday 18th of October 2026

रामकुमारी झाँक्री र किसान श्रेष्ठ गुण्डुमा, नोभेम्बर १० मा एमालेमा फर्कने तय


  • धनकुटा खबर
  • .

काठमाडौं, २० कार्तिक । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्री र नेता किसान श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुmले एमालेमा फर्कने भनेर हिजो नै पत्रकार सम्मेलन गरिसकेका थिए । त्यसको भोलिपल्ट आज ओली बसेको भक्तपुरको गुण्डुमा पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरु छिट्टै एमालेमा फर्कने बताईएको छ । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले दिएको जानकाअनुसार आज ओलीसँग भेट्न एकीकृत समाजवादीका ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरु गुण्डु पुगेका थिए ।

उनीहरु आगामी कार्तिक २४ गते एमालेमा फर्कने तय भएको जनाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖