• Sunday 18th of October 2026

पञ्चायतकालदेखि अन्यायमा परेका खेलाडी जितबहादुर केसीलाई जेन-जी मन्त्री बब्लु गुप्ताले दिए न्याय


  • धनकुटा खबर
  • .

सन् १९७३ मा फिलिपिन्सको मनिलामा पहिलो एसियाली एथलेटिक्स प्रतियोगितामा नेपालका जितबहादुर केसीले कांस्य पदक जित्दा पूरा देश गर्वले भरिएको थियो।

उनले नेपालको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय एथलेटिक्स पदक जिताएका थिए। तर, त्यसपछि उनले राज्यबाट न सम्मान पाए न वाचा गरिएका पुरस्कारहरू। पञ्चायतदेखि गणतन्त्रसम्म उनले केवल उपेक्षा मात्र भोगे।

अन्ततः ५२ वर्षपछि नयाँ पुस्ताको जेन-जी आन्दोलनपछि बनेको सरकारले वरिष्ठ खेलाडी केसीप्रति न्यायपूर्ण कदम चालेको छ। राष्ट्रिय खेलकुद परिषद्को १२३औँ बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले केसीलाई २५ लाख रुपैयाँ सम्मान गर्ने प्रस्ताव अघि सारे, जसलाई सर्वसम्मत समर्थन गरिएको हो।

अचम्मको कुरा, मन्त्री गुप्ताले यो प्रस्ताव राख्दा परिषद्का पदाधिकारीहरू नै चकित परेका थिए। मन्त्री गुप्ताले भने, “नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीलाई अब पनि उपेक्षा गर्नु राज्यको गल्ती हो। उहाँलाई ढिलो भए पनि सम्मान गर्न पाउनु हाम्रो जिम्मेवारी हो।”

७९ वर्षीय केसी अहिले मुटुका समस्या बोकेर बाँचिरहेका छन्। दशकौँको प्रतीक्षापछि राज्यले आफूलाई सम्झिएको समाचार सुन्दा उनी भावुक बनेका छन्। उनको जीवन संघर्ष अब खेल इतिहासमा मात्र होइन, न्याय पाउने प्रतीकको रूपमा पनि सम्झिइनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖