• Sunday 18th of October 2026

एउटाले मात्र राम्रो गर्छु भनेर नहुने रहेछः महामन्त्री थापा


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राम्रो काम एउटाले मात्र गर्न चाहेर नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित संवाद श्रृखला कार्यक्रममा बोल्दै उनले एउटाले बनाउँछु भनेर सोच्दै गर्दा अर्कोले राम्रो बनाउँछु भनेको के हो भनेर सोध्यो भने त्यसको औचित्य नरहने बताए।

उनले एकले मात्र गर्न चाहेर नहुने भन्दै शेरबहादुर देउवालाई पार्टी सभापति बनाउन रोक्नदेखि गठबन्धन सरकार बनाउन काममा रोक्न खेज्दा नसकेको बताए।

‘शेरबहादुर देउवालाई पार्टी सभापति हुनुहुँदैन भनेर उहाँविरुद्ध लडेर हारेको हुँ, उहाँलाई प्रधानमन्त्री बन्न दिन हुन्न भनेर लड्दा नमज्जासँगले हारेको मान्छे हुँ, निर्वाचन अघि गठबन्धन गर्न हुन्न भनेर प्रस्ताव राख्दा हारेको हुँ। प्रचण्ड–ओली मिलेर सरकार बनाउँदा प्रतिपक्षमा बसेकाले राष्ट्रपतिलाई भोट दिनुहुन्न भनेर प्रस्ताव राख्दा त्यहाँपनि हारेको हुँ, ओलीजीसँग मिलेर सरकार बनाउने कुरा पत्रिकामा पढेर थाहा पाएकाले त्यहाँ पनि हारेको हुँ। त्यस्तै उपसभामुखलाई महाअभियोग लगाउन पर्छ भन्दा दुई महामन्त्री मिलेर रोकेको हो,’ उनले भने।

त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनमार्फत सामाजिक र आर्थिक रुपान्तरण गरेर विकास, समृद्धि र सामाजिक न्यायतर्फबाट जनताको जीवन फेर्ने मूल जिम्मेवारी रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖