• Sunday 18th of October 2026

सुधनलाई रक्षाको जवाफ – गृहमन्त्रीको राजीनामा हैन, परिणाम र काम चाहन्छौँ


  • धनकुटा खबर
  • .

काठमाडौं ।‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेलगत्तै नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बमले अहिले गृहमन्त्रीको राजीनामा प्रधान विषय नभएको आशय व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामा भन्दा पनि काम र परिणामको आवश्यकता रहेको बताएकी हुन् ।

‘गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ ’ उनले लेखेकी छन् ।

उनले आफूहरू नागरिक सरकारको पक्षमा रहेको बताउँदै निरन्तर खबरदारी पनि गरिरहने बताएकी छन् ।

सुरुवाति दिनमा गृहमन्त्रीलाई समर्थन गरेका सुधन अहिले भने उनी हट्नु पर्ने बताउँदै आइरहेका छन् ।

‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुधनले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

सुधनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’

दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुधनको जिकिर छ ।

यता रक्षा भने वर्तमान सरकारलाई समर्थन जनाउँदै काम र परिणामप्रति आफूहरूको चासो रहेको बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖