जेनजी आन्दोलनमा भदौ २३ गते भएको दमन र २४ गतेको आगजनी लगायतका घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले अनुसन्धानमा शृङ्खलाबद्ध असहयोग गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई पाँच सय रुपैयाँ जरिबानाको प्रस्ताव गरेको छ ।
आयोगले बुधवार आईजीपी खापुङलाई अनुसन्धानमा निरन्तर असहयोग गरेको आरोपमा सोधेको स्पष्टीकरणमा पाँच सय रुपैयाँ जरिबानाको प्रस्ताव नै रहेको प्रहरी मुख्यालय सम्बद्ध स्रोतले बतायो ।
