काठमाडौ । सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गर्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा बटन थिचेर छपाइ कार्यको उद्घाटन गरेका छन् ।