• Sunday 18th of October 2026

स्वर्णिम वाग्लेको घोषणा: “केही समयपछि देशको बागडोर रास्वपाकै हातमा


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको नेतृत्व रास्वपाले गर्ने दाबी गरेका छन्।

चितवनको सौराहामा शुक्रबार सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै वाग्लेले संघीय निर्वाचन नजिकिएको भन्दै अब सबै कार्यकर्ता एकजुट भएर चुनावी तयारीमा लाग्न निर्देशन दिए।

उनले विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित गर्नुपर्ने बताए। अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको उल्लेख गर्दै उनले भने, “अबको राजनीतिक कालखण्डमा देशको बागडोर रास्वपाकै हातमा हुनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖