• Sunday 18th of October 2026

दिल्ली एयरपोर्टमा दुर्गा प्रसाई किन रोकिए?


  • धनकुटा खबर
  • .

काठमाण्डौ । भारत भ्रमणमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई शुक्रबार बिहान दिल्ली एयरपोर्टमा करिब ४० मिनेटसम्म रोकिनु परेको छ। उनलाई भारतीय अध्यागमन अधिकारीहरूले सोधपुछका लागि करिब ४० मिनेटसम्म रोक्ने काम गरेका थिए। पछि नेपाली दूतावासको समन्वयमा उनलाई नेपाल फर्कन अनुमति दिइयो।

स्रोतका अनुसार सो समयमा प्रसाईले नेपाली राजदूत शंकर शर्मा र केही भारतीय नेताहरूसँग विमानस्थलबाटै फोनमा सम्पर्क गरेका थिए।

नेपाल प्रहरीले केही समयअघि प्रसाई भारतको आसामतिर फरार भएको जानकारी भारतीय प्रहरीलाई पठाएको थियो। सो पत्रकै कारण उनको नाम भारतीय सुरक्षा निकायको ‘फरार सूची’मा समावेश भएको र यही कारण दिल्ली एयरपोर्टमा उनलाई रोकिएको सुरक्षा स्रोतले जनाएको छ।

प्रसाई अन्ततः नेपाल एयरलाइन्सको उडान आरए–२१८ मार्फत काठमाडौं फर्किएका छन्।

भारत बसाइको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने प्रयास गरे पनि सफल नभएको बताइन्छ। मंसिर ७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेपछि भारतीय संस्थापनले उनीसँग भेट गर्न अस्वीकार गरेको बताइएको छ।

स्रोतका अनुसार प्रसाईले भारतीय गृहमन्त्री अमित शाह र राष्ट्रिय स्वयंसेवक संघ (RSS) का प्रमुखसँग भेटवार्ताको आग्रह गरेका थिए, तर त्यो अस्वीकार गरिएको हो। भेट मिलाउन उनका छोरा निराजन प्रसाईले पनि प्रयास गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖