• Sunday 18th of October 2026

दिल्ली विमानस्थलमा दुर्गा प्रसाईंलाई ४० मिनेट ‘डिटेन’, राजदूतसँग कुरा भएपछि मात्र उडान अनुमति


  • धनकुटा खबर
  • .

नेपाल फर्कने क्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई शुक्रबार साँझ भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ४० मिनेटका लागि ‘डिटेन’ गरिएको छ।

दिल्लीस्थित नेपाली दूतावासले नेपाल एयरलाइन्समार्फत काठमाडौं फर्कन नदिन अनुरोध गरेपछि भारतीय सुरक्षाकर्मीले उनलाई रोक्का गरेका थिए।

तर, पछि प्रसाईं र नेपालका राजदूतबीच टेलिफोनमा भएको कुराकानीपछि उनलाई काठमाडौं उडानको अनुमति दिइएको हो। उनी नेपाल एयरलाइन्सको आरए २१८ नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

भारतीय अधिकारीहरूले प्रसाईंलाई निगरानीमा राख्दै भारतमा रहँदा कुनै राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको गलत दाबी नगर्न चेतावनी दिएका थिए। स्रोतका अनुसार प्रसाईं भारत प्रवेश गरेपछि भारतीय निकायले उनको गतिविधिमाथि विशेष निगरानी बढाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖