• Sunday 18th of October 2026

नेपाल ट्रस्टको लिज सम्झौतामा हिनामिना : पूर्व सहसचिव कार्की पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल ट्रस्टको जग्गा लिज सम्झौता सम्बन्धी ठगी र आपराधिक विश्वासघात कसुरमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ। हाल अवकाश प्राप्त ६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ बाट पक्राउ गरिएको हो ।

उनी करार सम्झौता हुँदा नेपाल ट्रस्टको कार्यालय, दरबारमार्गमा सहसचिव पदमा कार्यरत थिए । यो कसुर काठमाडौँको दरबारमार्ग स्थित नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बिचमा लिजमा दिने–लिने सम्बन्धमा भएको थियो।

सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने–लिने सम्झौता सञ्चालक समितिको निर्णय र आधारविना वदनियतपूर्वक गरिएको अनुसन्धानबाट खुलेको छ।

उक्त जग्गा बीओटी (निर्माण, सञ्चालन र हस्तान्तरण) मोडेल अन्तर्गत ३ वर्ष निर्माण अवधि समेत ३० वर्षको लागि लिजमा दिने–लिने करार सम्झौता मिति २०७४ जेठ १४ गते भएको थियो । यो कार्यले नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुनेगरी नेपाल राष्ट्रलाई नै ठुलो नोक्सानी पुर्‍याएको तथा विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी, सहयोगी तथा मतियार समेतले गैरकानुनी लाभ लिएको आरोप लागेको छ।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖