• Sunday 18th of October 2026

सरकारका कमजोरीप्रति असन्तुष्टि भए पनि सत्ता पल्टाउने खेल अस्वीकार्य छ:सुदन


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमार्फत सार्वजनिक आफ्नो वक्तव्यमा गुरुङले स्पष्ट सन्देश दिए — सरकारका कमजोरीप्रति असन्तुष्टि भए पनि सत्ता पल्टाउने खेल अस्वीकार्य छ। उनका अनुसार, गृह मन्त्रालयको काममा कमजोरी देखिएको तथ्य हो, तर त्यसलाई सरकार ढाल्ने बहानाको रूपमा प्रयोग गर्न खोजिनु लोकतान्त्रिक मूल्यको अपमान हो।

गुरुङले लेखेका छन्, “हामी सडकमा कसैलाई मन्त्री बनाउन आएका होइनौं। हामी ती बालबालिकाको न्यायका लागि उभिएका हौं, जसले स्कुलको पोशाकमै ज्यान गुमाए। हामी भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध लडिरहेका छौं।”

उनले गृहमन्त्री र मन्त्रीहरूलाई लक्षित गर्दै भने, “योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्री पुराना सरकारजस्तै असक्षम भए, हामी चुप बस्दैनौं। सरकारलाई समर्थन गर्छौं, तर गलत देख्दा प्रतिपक्षमा पनि उभिन्छौं।”

गुरुङले राजनीतिक शक्तिहरूलाई सचेत गराउँदै भने, “जो कोही अहिले सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने खेल खेल्दै छन्, उनीहरूले सम्झून — प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूप्रति पुग्नुभन्दा पहिले हामी ढाल बनेर उभिएका छौं।”

उनले अन्त्यमा जोड दिए, “अन्तरिम सरकारले अब चुनाव मात्र होइन, आन्दोलनलाई वैधानिकता दिने कदम पनि चाँडै अघि बढाउनुपर्छ। यो आन्दोलन कुर्सीको लागि होइन, देशको भविष्यका लागि हो।”

गुरुङको यो वक्तव्यले पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरता र सत्ता समीकरणका चर्चा बीच सन्देशमूलक राजनीतिक प्रभाव पारेको मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖