• Sunday 18th of October 2026

प्रचण्ड’ र जनार्दन शर्मा बीचको ४० वर्ष लामो सहकार्यको अन्त्य


  • धनकुटा खबर
  • .

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीचको ४० वर्ष लामो सहकार्य अन्त्य भएको छ। महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा प्रचण्डले जनार्दनले आफ्ना सुझाव र आग्रह नमानेरै पार्टी छोड्ने निर्णय गरेको खुलासा गरेका हुन्।

प्रचण्डले शर्मासँग अन्तिम पटक भेटेर पार्टीभित्र जनवादी वातावरणमा छलफल गर्ने आग्रह गरे पनि शर्मा अडिग रहेर अलगिएको बताएका छन्। उनले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म सँगै लडेको सहयोद्धाको विदाइले आफूलाई दुःख लागेको बताएका थिए।

शर्माको पार्टीभित्र असन्तुष्टि भने नयाँ थिएन। पिली आक्रमण प्रकरणदेखि महासचिव चयन, विधान विवाद, कार्यविभाजन र १४ बुँदे प्रस्तावसम्म प्रचण्डसँग उनको मतभेद बढ्दै आएको थियो। उनले प्रचण्डमाथि संगठन कमजोर पार्ने र राज्यशक्ति दुरुपयोग गरेर प्रतिशोध लिने आरोप पनि लगाएका थिए।

शर्माले अन्तिममा पार्टीको संरचना पुनर्गठन गर्दै नयाँ नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। तर, त्यो स्वीकृत नभएपछि उनले पार्टी छोड्ने निर्णय गरे। प्रचण्ड र शर्माको अलगावसँगै माओवादी केन्द्रभित्र पुनः विभाजनको आशंका बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖