• Sunday 18th of October 2026

काठमाडौ आएको फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट


  • धनकुटा खबर
  • .

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण उडानहरु प्रभावित भएका छन्।

आज साँझदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को धावनमार्गलाई ‘नोटाम’ जारी गरेर बन्द गरिएको छ। जसका कारण अन्तराष्ट्रिय तथा आन्तरिक दुवै उडानहरु अवरुद्ध भएका छन्।

प्रवक्ता अनुसार, आज बिहानदेखि रनवेका ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्या देखिएकोले जहाजहरुको अवतरण तथा उडान प्रक्रिया रोकिन पुगेको हो।

यसै क्रममा दोहाबाट आएकाे कतार एयरवेजको विमानसमेत आकाशमै ‘होल्ड’ अवस्थामा राखिएको छ भने दिल्ली हुँदै आएका अन्य विमानलाई पनि होल्ड गरिएको छ ।

यस्तै फ्लाई दुबईको एक जहाज भारतको लखनउ तर्फ डाइभर्ट गरिएको छ। उडान प्रभावित बनाउँदै गर्दा दर्जनभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तत्काल रद्द वा अन्यत्र डाइभर्ट भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖