काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा शनिबार बेलुका उडान र अवतरण प्रभावित भएको थियो ।
अहिले विमानस्थल खुलेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।