• Sunday 18th of October 2026

माओवादीका सांसदले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने, आफ्नै मुखमा दले मोसो


  • धनकुटा खबर
  • .

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई माओवादीका प्रदेश प्रदेश सभाका दुई सांसदले विश्वासको मत नदिने घोषणा गरेका छन् ।

प्रदेश सभाको शनिबारको बैठकमा प्रदेश सांसद रहबर अन्सारी र माला कर्णले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।

सदनमा बोल्दै आफ्नो अनुहारमा कालो मसो लगाउँदै प्रदेश सांसद अन्सारी र कर्णले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने बताए ।

पार्टी निर्णयबेगर विश्वासतको मत नदिए पनि उनीहरूले पार्टीले कारबाही गरे भोग्न तयार रहेको पनि बताए ।

‘अहिलेको सरकारलाई विश्वासको मत दिँदैनौँ, पार्टीले हामीलाई सजाय दिए पनि हामी भोग्न तयार छौँ,’ बैठकमा उनीहरूले भने । त्यसपछि माओवादी संसदीय दलका नेता भरत साहले उनीहरूलाई बाहिर लगेर सम्झाएका थिए ।

साथै बोलिरहेका बेला सभामुख रामचन्द्र मण्डलले माइक काट्नुअघि अन्सारीले‍ विरोध जनाउँदै एक्कासि आफैँलाई मोसो दले । सांसद अन्सारीले सदनभित्रै मोसो दलेपछि बैठकमा हंगामा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖