• Sunday 18th of October 2026

दुर्गा प्रसाईले दिए मेयर बालेनलाई धम्की


  • धनकुटा खबर
  • .

मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले मेयर बालेन शाहमाथि खुलेआम धम्की दिएका छन्।

आइतबार मनोहराको सुकुम्बासी बस्तीमा आयोजित कोणसभामा उनले बालेनले सुकुम्बासीमाथि डोजर चलाए आफ्नै घरमा पुगेर श्रीमती र परिवारलाई सडकमा ल्याइने चेतावनी दिएका हुन्।

उनले बालेन र राजु पाण्डेलाई आक्रमण गर्दै भने, “घर जलाउन र मान्छे निकाल्न उनीहरूले नै सिकाएका हुन्। अब यदि सुकुम्बासीको घर भत्काउन आयो भने, तपाईंहरू पनि सीधै उसको घर जानुस्, श्रीमतीलाई बाहिर निकाल्नुस्।”

प्रसाईको यो आक्रामक अभिव्यक्तिले राजनीतिक वृत्तमा ठूलो तरंग ल्याएको छ। उनले बालेन र अन्य दलमाथि सुकुम्बासीको जमिनमाथि अन्याय गरेको आरोप लगाउँदै मंसिर ७ गते ठूलो आन्दोलन सुरु गर्ने घोषणा पनि गरे।

प्रसाईले थप भने, “यो सरकारी जमिन बालेनको बाउको होइन, अब छाड्ने छैनौं, सुकुम्बासीको पक्षमा म आफैं उत्रिन्छु।”

यसैबीच, महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न दिएको एक हप्ते अल्टिमेटम आज सकिँदैछ। महानगरले बस्ती हटाउने तयारी तीव्र बनाएको छ भने प्रसाईको चेतावनीपछि स्थिती थप संवेदनशील बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖