भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा आबद्ध हुने तयारीमा छन्।
आज साँझ प्रचण्ड निवासमा भएको छलफलमा प्रचण्ड र माधवले रावललाई छिट्टै पार्टीमा आउन आग्रह गरेका थिए भने रावलले “सकारात्मक छु, साथीहरूसँग कुरा गर्छु” जवाफ दिएका छन्।
छलफलमा रावलको मर्यादाक्रमबारे पनि सहमति खोजिएको थियो-पूर्वप्रधानमन्त्री झलनाथ खनालपछि, नारायणकाजी र बामदेवसँगै रावलको स्थान हुने व्यवस्था समेटिएको छ।
