• Sunday 18th of October 2026

भोलि एमालेमा समाहित हुँदै रामकुमारी झांक्री


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएकी नेतृ रामकुमारी झांक्री एमाले फर्कने भएकी छिन् ।

भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच झांक्री एमाले फर्कन लागेकी हुन् ।

एमालेले सोमबार दिउँसो साढे २ बजे ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा आफूहरूकै अभियान भएको भन्दै कार्यक्रममा सहभागी हुन झांक्रीले आह्वान गरेकी छिन् ।

‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो । हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो,’ उनले भनेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖