• Sunday 18th of October 2026

एमालेमै फर्किए रामकुमारी र किसान लगायतका नेता


  • धनकुटा खबर
  • .

काठमाडौँ । चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

गत कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीबिच एकीकृत भएको थियो ।

सोमबार एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान अन्तर्गत झाँक्री र श्रेष्ठ पुरानै घर नेकपा एमालेमा फर्किएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिह्न सुर्य प्रदान गरेका थिए भने उनीहरुले कलम चिह्न अध्यक्ष ओलीलाई प्रदान गरेका थिए ।

सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायतलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖