• Sunday 18th of October 2026

सुदन गुरूङको घोषणा: “अब पार्टी होइन, सिभिलियन फोर्स बन्छ”


  • धनकुटा खबर
  • .

काठमाडौं – जेनजी आन्दोलनका अगुवा तथा “हामी नेपाल अभियान”का संस्थापक सुदन गुरूङले राजनीतिक पार्टी होइन, नागरिक दबाब समूह ‘सिभिलियन फोर्स’ तयार पार्ने घोषणा गरेका छन्।

ऊर्जा मन्त्री कुलमान घिसिङ र पूर्वसांसद सुमना श्रेष्ठबीचको राजनीतिक संवाद मिलाउने प्रयास गरे पनि दुबै फरक बाटो लागेपछि गुरूङले नयाँ दिशातर्फ ध्यान केन्द्रित गरेका हुन्।

गुरूङले भने, “मिलेर जानुस् भनेर मैले मध्यस्थता गरेको थिएँ, तर नटेरे। अब देशलाई वैकल्पिक शक्ति चाहिन्छ, त्यसका लागि सिभिलियन फोर्स नै बनाउँछु।”

उनका अनुसार यो फोर्स कुनै दल होइन, नागरिकको एकीकृत शक्ति हुनेछ, जसले जुनसुकै सरकार बने पनि जनचाहनाका मुद्दामा दबाब सिर्जना गर्नेछ।

गुरूङले भने, “यो प्यारालल फोर्स रहन्छ, जुन सरकार आए पनि जनताको पक्षमा वाच डग जस्तै काम गर्नेछ।”

उनले पुराना दलहरूले देशभन्दा पार्टीको सोचलाई प्राथमिकता दिएको आरोप लगाउँदै भने, “जनताले देशका लागि सोच्छ, तर पार्टीमा लागेपछि सबै पार्टीका लागि मात्र सोच्ने रहेछन्।”

गुरूङले अहिलेको सरकार गठनमा आफूले महत्त्वपूर्ण भूमिका खेलेको दाबी पनि गरे। उनका अनुसार जेनजी आन्दोलनका १८ समूहले उनलाई सेना र राष्ट्रपति कार्यालयसँग संवाद गर्न पठाएका थिए।

अब उनले नयाँ पुस्ताको माग पूरा गर्न “ठूलो सिभिलियन फोर्स” गठनको तयारी सुरु गरेको जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖