• Sunday 18th of October 2026

निकोलस भुसाललाई हाजिर जमानीमा छाड्ने आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई हाजिर जमानी छाड्ने आदेश गरेकाे छ ।

भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा यस्ताे आदेश गरेकाे हाे ।

भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

भुसालले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

त्यस्तै उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖